दफा
बिजुली, धारा र टेलिफोन सुविधा
प्रधानमन्त्रीको आवासमा जडान भएका बिजुली धारा र टेलिफोन तथा अन्य मन्त्रीहरूको आवासमा जडान भएका एक इकाईको बिजुली, धारा र नेपालभित्र गरिने टेलिफोनको महसुल (जरिवाना बाहेक) नेपाल सरकारले ब्यहोर्नेछ ।
तर प्रधानमन्त्री, परराष्ट्र, गृह र अर्थ सम्बन्धी मन्त्रीलाई भने नेपाल सरकारले तोके बमोजिम सरकारी काममा विदेशमा गरेको टेलिफोन महसुल समेत दिन सकिनेछ ।